बिहीबार मुलुकभर थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । बिहीबार मुलुकभर थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जना संक्रमित थपिएको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजमर ८१८ जना कोरोना संक्रमित निको भएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।

पछिल्लो २४ घण्टामा ११ हाजर १४४ पीसीआर परीक्षण गरिएको र योसँगै नेपालमा ८ लाख १० हजार ४८५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।

यस्ताे छ मन्त्रालयकाे विवरण :

Leave a Reply

Your email address will not be published. Required fields are marked *