चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन

चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राती मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो । लिभरमा समस्या भएका छेतेन २ दिन अगाडि हस्पिटल भर्ना भएका थिए ।

उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । सन्तोषका अनुसार बिहिबार छेतेनको अन्तेष्टि गरिनेछ । ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतेनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए ।

उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण रिलिज हुन पाएको छैन । अहिले छेतेन प्रेम गीत टिमसँगै मिलेर ‘हुतुतु’ नाम चलचित्र निर्देशनको तयारीमा थिए । हाल चलचित्रको स्कृप्ट काम भइहरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *