रानीवनमा स्थानीय युवाका दुई समूहबीच झडप , चार जना घाइते

काठमाडौं । काठमाडौंको रानीवनमा स्थानीय युवाका दुई समूहबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति ढुंगेधारा र रानीवनका युवा समूहबीच झडप भएको हो । झडपमा ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् । घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले झडपमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *