बिवाद र झडपपछि मच्छिन्द्रनाथको रथलाई संक्षिप्त रथयात्रा गर्ने निर्णय

0
189

काठमाडौं । बिवाद र झडपपछि सरोकारवाला र स्थानिय प्रशासनले सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथको रथलाई बुंगमती लैजाने सहमति गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा जातिय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका हुन् ।

‘भोलि क्षमापुजा गरेर सांकेतिक रुपमा रथलाई खटमा बोकेर बुंगमती लैजाने सहमती भएको छ’ ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले भने, ‘संक्षित रथयात्रामा थोरै मात्र मानिस सहभागी हुन्छन् ।’

ज्योतिष र पाञ्जु सहभागी बैठकले शनिवार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने सहमति गरेका छन् । अध्यक्ष महर्जनका अनुसार भदौ २२ मा सांकेतिक रथलाई खटमा राखेर बुंगमती लैजाने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here