काठमाडौं मल भत्काउँदा डोजर किच्यो, एकजना घाइते (भिडियो सहित)

0
90

भदौ १८, २०७७ काठमाडौं : काठमाडौं मलको भवन भत्काउँदै गर्दा केही भाग अचानक खसेपछि एक जना घाइते भएका छन्। काठमाडौं मलको भवन भत्काइरहेको समयमा अचानक एक भाग अचानक खस्दा एक्जाभेटर चालक घाइते भएका हुन्। 

घाइते हुनेमा पर्साको वीरगञ्ज स्थायी घर भएका चालक विष्णु साह छन्। उनको अस्पतालमा उपचार भइरहेको  छ। केही दिन अघिदेखि काठमाडौं मलको पुरानो घर भत्काउने काम भइरहेको थियो । करिव ४० प्रतिशत घर भत्काउन बाँकी छ।  आज एक्जाभेक्टरको ब्रेकरले भत्काउँदा उनी घाइते भएको बताइएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम अहिले भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here