एसीड आक्रमणमा परेकी मुस्कान खातुनको प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट

काठमााडौं : प्रधानमन्त्री केपी ओलीले केही एक वर्षअघि एसीड आक्रमणमा परेकी मुस्कान खातुनसँग भेट गरेका छन् । प्रधानमन्त्रीको निजी चिवालयका अनुसार एसीड आक्रमणमा परेकी खातुनले मंगलबार बालुवाटार पुगेर ओलीसँग भेट गरेकी हुन् ।

‘केही अघि एसीड आक्रमणमा पर्नुभएकी पर्साकी मुस्कान खातुनले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ’, प्रधानमन्त्रीको निजी सचिवालयको आधिकारीक फेसबुक पेजमाा लेखिएको छ ।

स्कुल जाने क्रममा गतवर्ष भदौमा वीरगन्जकी मुस्कान खातुनमाथि एसीड प्रहार भएको थियो । कक्षा ९ मा पढ्ने खातुनमाथि २०७६ भदौ २० गते स्कुल जाँदा एसिड आक्रमण भएको थियो । उनको अनुहार छाती र हातमा एसीडले पोलेको थियो । एसीड आक्रमणमा संलग्न बालक भएको भन्दै सुधार गृहमा पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *