निषेधाज्ञा बुधबार मध्यराति १२ बजे सकिँदै , अब के हुन्छ ?

काठमाडौँ / विश्वब्यापी फैलिएको कोभिड १९ कोरोना भाइरसले नेपालमा दिनदिनै संक्रमण बढ्दै गएपछि अबस्था जटिल भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञा (अत्यावश्यकबाहेक सबै गतिविधि बन्द) को अवधि भोलि बुधबार मध्यराति १२ बजे सकिँदै छ।

तर उपत्यकामा कोरोना संक्रमण घट्दो देखिन्न, दिनप्रतिदिन बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उपत्यकामा २९८ काठमाडौंमा १९०, ललितपुरमा भक्तपुरमा ४१ र ललितपुरमा ६७० जना संक्रमित थपिएको जानकारी दिएको थियो।

यस्तो अवस्थामा निषेधाज्ञा अन्त्य गर्ने सम्भावना नभएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन्। उनले भनिन् ‘सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था छैन, कडाइ अझै जारी राख्न जरुरी देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार बिहान भनिन्, ‘त्यसकारण भदौ १७ बाट पुनः एक हप्ता निषेधको अवधि लम्ब्याउनेबारे हामी (तीन जिल्लाका सीडीओ) अनौपचारिक छलफल गरिरहेका छौं।’

उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ। ‘यस विषयमा निर्णय गर्न सम्भवतः भोलि (बुधबार) बैठक बस्नेछौं,’ उनले भनिन्।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि यस विषयमा भोलि संयुक्त बैठक बसेर समीक्षा गर्ने र एउटा निर्णय हुने जानकारी दिएका छन् ।

‘सबैबाट रिपोर्ट आउँछन्, त्यसको समीक्षा गरिन्छ अनि एउटा निर्णय गरिन्छ,’ उनले भने, ‘तर अहिल्यै निषेधाज्ञा थपिन्छ थपिँदैन म भन्न गार्यो छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *