बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखराको रामबजारकी ९ वर्षीया बालिका बलात्कृत भएको भन्दै कास्की प्रहरीमा शुक्रबार जाहेरी परेको थियो ।

जाहेरी परेलगत्तै फरार रहेका आरोपित स्याङजा विरुवा गाउँपालिका वडा नम्बर ७ घर भई पोखरा १० बस्ने ५५ वर्षीय रेसबहादुर गुरुङलाई स्याङ्जा स्थित घर नजिकैबाट पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

स्याङ्जा प्रहरीको सहयोगमा आइतबार राती ८ बजे घर नजिकै लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनलाई आइतबार राती नै पोखरा ल्याएर थप अनुसन्धान गरिरहेको र छिट्टै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए । प्रहरीका अनुसार अभिभावक नभएको अवस्थामा बालिकामाथि पछिल्लो ३–४ महिनादेखि बलात्कार हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *