एसईई रिजल्टमा कम नम्बर दिएको भन्दै विद्यार्थीहरुले शिक्षकहरुलाई गरे कुटपिट

एसईई रिजल्टमा कम नम्बर दिएको भन्दै सिन्धुलीमा एक सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यार्थीहरुले कुटपिट गरेका छन् । जिल्लाको सुनकोसी गाउँपालिका वडा नं ७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाइ एसईईमा नम्बर कम दिएको र रिजल्ट नराम्रो आएको भन्दै विद्यार्थीहरुले कुटपिट गरेका हुन् ।

विद्यालयबाट ६० जना एसईईमा सहभागी मध्ये ९ जनाको रिजल्ट सि ग्रेड आएको छ । शिक्षक झलक दाहालका अनुसार तीनै ९ जना मध्ये तीनजना छात्रहरुले शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन वञ्चित हुने भन्दै सरासर कार्यलयमा प्रवेश गरी एक्कासी प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई मुखमा हिर्काएको र लछार पछार पारि कुटपिट गएको दाहालले जानकारी दिए । रिजल्ट सि ग्रेड आएपनि विज्ञान विषय बाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुको भनाइ छ ।

विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भिर चोट लागेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ । दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । विद्यार्थीहरुले शिक्षकलाइ कुटपिट गरेपछि सुरक्षाको माग गर्दै कर्मचारीहरुले अनिश्चित कालिन विद्यालय वन्द गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *