जंगी अड्डामा गरे एक सिपाहीले गोली हानेर आत्महत्या

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । उनी भद्रकालीस्थित आर्मीको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा खटिएका सिपाही हुन् ।

ड्युटीमा रहँदा बोकेको बन्दुकले आइतबार बिहान ३ बजे आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।

घटनाबारे नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको सैनिक मुख्यालयले जनाएको छ । आत्महत्या गर्ने सिपाहीको घर तनहुँ रानीपोखरी भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *