समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबारभित्र बाँडफाँट

काठमाडौं : समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबारभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार छिटोमा आइतबार त्यो सम्भव नभए सोमबार हुनेछ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्यापिटलको भनाई छ । समाजको आइपीओमा कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको छ । जसमा ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ८० हजार ७०० कित्तालाई आधार मान्दा १४८.२३ गुणा बढी आवेदन हो । यसर्थ, समाजको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *