रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कूल पाँच लाख ६७ हजार जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।

सानिमा क्यापिटलले फेसबुकमा लाईफमार्फत ९ वटा बल बाल्टिनमा राखेर एउटा बल निष्काल्दा २ नम्वरको बल बाहिर निकालिएको छ । बाँडफाँडको नतिजा चार घण्टापछि मेरो शेयरमार्फत नतिजा प्रकाशन गरिने कम्पनीले जनाएको छ । हाल ठूलो संख्याको तथ्याङ्क अपडेट गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *