कोरोना संक्रमणका कारण हेटौडामा एक महिलाको मृत्यु

काठमाडौं : पुरानो मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ निवासी ६५ वर्षीया महिला रहेकी छन् ।

उनको शनिबार बेलुका ७ः३० बजे मृत्यु भएको हो । मृत्यु भएको केही बेरपछि कोरोना परीक्षणको नतिजा आउँदा संक्रमण देखिएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पोडेलका अनुसार आन्द्राको उपचार गर्न आएकी उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनी साउन ३२ गते उपचारका लागि सो मेडिकल कलेजमा भर्ना भएकी थिईन । सोही मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौडाका एक वृद्धको पनि शनिबार आएको नतिजामा कोरोना संक्रमण देखिएको थियो । सो मेडिकल कलेजमा भारत र नेपालका सिमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *