कोरोना भाइरसको संक्रमणबाट ग्राण्डी अस्पतालमा एकजनाको मृत्यु

0
117

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको ग्राण्डी अस्पतालमा एकजनाको मृत्यु भएको छ । अस्पतालमा एकहप्तादेखि उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७७ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारकै क्रममा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो । शव आज नै पशुपतिस्थित विद्युतीय शवदाहमा अन्त्येष्टि गरिएको छ । सुरुवातमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि राजविराजबाट ग्राण्डी अस्पताल ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here