२०७७ साल भदौ ३ गते कोरोना संक्रमित बढेपछि बुधबार रातिदेखि जारी गरिएको निषेधाज्ञाले फेरि काठमाडौं उपत्यका सुनसान बनेको छ । लकडाउन हटाउने सरकारको निर्णयसँगै सडकमा सवारीसाधान र मानिसको चहलपहल बढेसंगै कोरोना संक्रमित बढ्न थालेको थियो । तर, फेरि उपत्यकाका सडक सुनसान देखिएका छन् । सडकमा अत्यावश्यक सवारीसाधनबाहेक गुडिरहेका छैनन् । अनावश्यक घर बाहिर निस्किने मानिसलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइरहेको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ३ भदौ राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
यसैक्रममा फोटोपत्रकार भवानी शिलाकारको लेन्समा अटाएका सुनसान सम्पदाका केही झलकहरु यहाँ प्रस्तुत गरिएको छ ।










Photo: Bhawani Shilakar