काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र काठमाडौँ उपत्यकामा १५९ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । २६४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *