मिर्गौलाका रोगबाट पीडित युवकलाई अस्पतालले डाइलाइसिस गर्न नमान्दा मृत्यु

मिर्गौलाका रोगबाट पीडित धनुषाका एक युवकलाई अस्पतालले डाइलाइसिस गर्न नमान्दा मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।

धनुषाको सबैला नगरपालिका- २ बस्ने २२ वर्षीय प्रमोद महतोको समयमा डाइलाइसिस नहुँदा बुधबार मृत्यु भएको हो ।

डाइलाइसिसका लागि धरान लाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।

झन्डै एक वर्षदेखि मिर्गौलाको बिरामी रहेका महतोलाई मंगलबार डाइलाइसिस गराउन परिवारले जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगेका थिए । तर, अस्पतालका कर्मचारीको अस्वीकार गरेको मृतकका पिता राजेन्द्र महतोले बताए ।

उनले भने, ‘छोराको अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल लगिएको थियो, तर छोराको स्वास्थ्य अवस्था देखेर कोरोनाको शंकास्पद ठानेर कर्मचारीहरूले विभिन्न वहाना बनाई डाइलाइलिस गर्न मानेनन् ।’

यस्तो अवस्था आइसकेपछि सहयोगका लागि अस्पतालका प्रमुखदेखि स्थानीय जनप्रतिनिधि सबैलाई हारगुहार गर्दा पनि केही नलागेको उनले बताए ।

‘कुनै सुनुवाइ नभएपछि बाध्य भएर छोरालाई लिएर घर आएँ,’ उनले भने, ‘अवस्था झन् नाजुक हुँदै गएपछि बुधबार एम्बुलेसमा उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भयो ।’

उनले कोरोना भन्दै अन्य रोगका बिरामीले उपचार नपाउने अवस्थाप्रति आक्रोश पोखे । यस्तो अवस्थाको आउन सक्ने भएकाले अन्य रोगका बिरामीले सेवा पाउने वातावरण बनाउन उनले सरकारसँग माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *