रौतहटमा गोली हानेर एक जनाको हत्या

रौतहट : रौतहटमा गोली हानेर एक जनाको हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको हो ।

खाना खाइरहेको बेला राति नौ बजेतिर नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *