नेपाली कथानक चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभमुहूर्त

काठमाडौं । संयम फिल्म् प्राेडक्सन हाउसको ब्यानरमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभमुहूर्त भएको छ । एक कार्यक्रमका बिच चलचित्रको शुभमुहूर्त सम्पन्न भएको निमार्ण पक्षले जानकारी दिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायम गरेर शुभ मुहूर्त गरिएको निर्माता राज भण्डारीले बताए । चलचित्रकाे छायांकन भने संक्रमणको जोखिम सामान्य भएपछि मात्र गरिने उनको भनाइ छ ।

‘फिल्मको ७५ प्रतिशत सुटिङ इन्डोरकै भएकोले परिस्थति सहज भएमा तत्काल सुटिङका लागि तयार छौं । आउटडोर सुटिङ भने अहिले जान सक्ने अवस्था छैन,’ उनले भने ।

महिला हिंसासँग सम्बन्धित कथामा बन्न लागेको यस चलचित्रले बलात्कृत महिलालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने मुख्य सन्देश बोकेको छ । बलात्कारमा परेका महिला पनि हिंसात्मक बन्न नहुने र त्यस्तो हिंसामा परेका महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको निर्माता भण्डारीले बताए ।

रामेश राईको निर्देशन रहने यस चललचित्रको छायांकन जीवन श्रेष्ठले गर्नेछन् । यसैगरी सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुष्मिता मुढभरी, अशोक भुजेल लगायत कलाकारको अभिनय रहने निर्माता भण्डारीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *