राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने ‘क्यामेराम्यान’ समु इसाक लिम्बु पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी भिडिओका ‘क्यामेराम्यान’ हुन्।यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।