कलाकार जेनिशा भुसाल र मनिषा भुसालको तीज गीतमा नृत्य (Cover Dance)

0
163

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।

कलाकारका लागि पनि विशेष अवसरकै रूपमा आउने तीजमा कोठाभित्र गीत सुनेर नाच्ने बाध्यता रहँदा एकातर्फ दर्शक, श्रोतासँग प्रत्यक्ष भेटघाट छुटेको र अर्कोतर्फ आम्दानीको श्रोत पनि कम हुँदै गएको छ  ।

यसै अवसरमा कलाकार जेनिशा भुसाल र मनिषा भुसालले एक चर्चित तीज गीतमा नृत्य प्रस्तुत गरेका छन् ।

हेर्नुहोस भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here