मनमैजुमा २४ वर्षीय युवकको हत्या

काठमाडौँ । काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको छ ।
तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर लोलाङ हाइट बस्ने लक्ष्मणको हत्या गरेको बताइएको छ ।
मृतकको शव अहिले ग्रिनसिटी अस्पतालमा राखिएको छ । आपसमा विवाद हुँदा चक्कुले हानेर हत्या गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *