अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई कोरोनाभाइरसको संक्रमण

0
112

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ।

घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले सेतोपाटीलाई जानकारी दियो। केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो।

त्यो दिनदेखि उनी कार्यालय आएका छैनन्। स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियारमा घिमिरेसहित ५० बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्।

अख्तियारका अरूको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। अझै धेरैको रिपोर्ट आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here