कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच आर्थिक लेनदेनका कारण मतभेद

0
126

गोंगबु हत्या मा चितवनबाट पक्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच ‘आर्थिक लेनदेनका कारण मतभेद रहेको’ प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकी महिला भाडामा बसेको घरमा मृतकको धेरै आउजाउ हुने गरेको थियो। हत्या भएको रात ती महिला काठमाडौंमै थिइन्। उनी शव फ्यालेर निजी गाडीमा चितवन गएको प्रहरीको दाबी छ।

‘मृतक बोहराले व्यापार गर्ने भन्दै शाहीसँग पटक-पटक ठूलो परिणामको रकम लिएको अनुसन्धानमा देखिएको छ,’ ती अधिकृतले भने, ‘बोहराले दोहरी साँझ खोल्ने भन्दै महिलासँग ठूलो रकम लिएका थिए। योजनाअनुसार दोहरी साँझ नखोलेपछि मृतक र महिलाबीच मतभेद बढ्दै गयो।’

यो हत्याकाण्डमा आर्थिक लेनदेनसँगै अन्य विवाद पनि जोडिएको हुनसक्ने प्रहरीको अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here