गोंगबु गणेशस्थानमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान

काठमाडौं, २६ साउन । काठमाडौंको गोंगबु गणेशस्थानमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।

हत्या कसले गरेको हो भन्ने बारे प्रहरीले कुनै सूचना पाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *