सरकार र ‘इनफ इज इनफ’ अभियानबीच सहमति, ‘ई’ ले तोडे अनसन

काठमाडौं / सरकारसँग कोरोना संक्रमण नियन्त्रणका विषयमा सहमति भएपछि‘इनफ इज इनफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’ ले आज २३ औं दिनमा अनसन तोडेका छन् । अधिकारी ‘ई’ ले आज ह्याम्स अस्पतालमा अनसन तोडेका हुन् । उनलाई उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाएका हुन्

अनसन तोडदै अभियन्ता अधिकारीले सरकार कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि जिम्मेबार ढंगले अघि बढने विश्वास ब्यक्त गरे ।

स्वास्थ्यकर्मीलाई पीपीई लगायत स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने,अहिलेसम्म भएको खर्च सार्वजनिक गर्ने, कोरोना संक्रमणको दायरा बढाउने लगायतका विषयमा सरकार र अभियन्ताविच सहमति भएको हो ।

कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले केही समयदेखि आन्दोलन गर्दै आएका छन् ।

यसअघि आरडीटी परीक्षण रोक्ने र क्वारेन्टिन ब्यवस्थित गर्ने लगायतका विषयमा भएको सहमति कार्यान्वयन नभएपछि अधिकारी दोस्रोपटक साउन ३ गतेवाट अनसन बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *