चुच्चेपाटीमा दुई जनामाथी एसिड आक्रमण

देशको संघीय राजधानी काठमाडौं स्थित चुच्चेपाटीमा स्थित दुई जनामाथी एसिड आक्रमण भएको छ

प्रहरीका अनुसार एक ब्यक्तिले आफ्नै श्रीमती र छोरीमाथि एसिड भन्दै तारपिनको तेल प्रहार गरेका हुन् ।

मदिरा सेवन गरेर आफ्नै श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेको महानगरीय प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

एसिड भन्दै तारपिनको तेल प्रहार गर्ने उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा छानबिन भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *