सुनको मूल्य एक लाख कट्यो

बुधबार सुनको मूल्य एक लाख कटेको छ। मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर एक लाख एक हजार चारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

यसअघि सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ।

आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदी अघिल्लो दिनको तुलनमा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *