काठमाडौं उपत्यकाका ५२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पु

सोमबार काठमाडौं उपत्यकाका ५२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ५२ जना संक्रमित थपिएको जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंका ४४, ललितपुरका ३ र भक्तपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *