काठमाडौंमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

Kathmandu city view from Swayambhunath, Nepal

काठमाडौं । काठमाडौंमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका १० जनामा आज एकैपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा ५ जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा ५ जना गरेर काठमाडौंमा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार संक्रमित सबै चिकित्सकको निगरानीमा रहेका छन् भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैबीच नेपालमा आज (शुक्रवार) थप १३३ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

नेपालमा हिजो (बिहीवार) १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *