बारामा कोरोना संक्रमणको आशंका गरिएकी १ युवतीको मृत्यु

काठमाडौं । बारामा कोरोना संक्रमणको आशंका गरिएकी १ युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया युवती रहेकी छिन् ।

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भिर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याईएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गर्दा आरडीटि पोजटिभ । उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार बिहिबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको हो ।

उनमा पखाला लाग्ने तथा जिउ काम्ने समस्या रहेको थियो । साथै श्वासप्रश्वास सम्बन्धी समस्या समेत रहेको अस्पताल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको र नतिजा आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *