रातो मच्छिन्द्रनाथको रथ जात्राको लागि रथोरोहण साउन १० गते नै गर्ने सम्वन्धित गुथियार र सरोकारवालाहरुको निर्णय

0
188
File Photo

नेवाः आदिवासीहरुको सभ्यताको प्रतिक बनेको रातो मच्छिन्द्रनाथको रथ जात्राको लागि रथोरोहण साउन १० गते नै गर्ने सम्वन्धित गुथियार र सरोकारवालाहरुले निर्णय गरेको छ ।

रथारोहणका लागि तयारी रहेको अवस्थामा साउन ७ गते गुथि संस्थानको तर्फवाट हाललाई स्थगित गर्न सूचना जारी गरेको थियो भने त्यसपछि नेवाः समुदायका गुथियारहरुवीच ब्यापक छलफल पछि साउन ८ गते विहिवारको दिनमा जनस्तरवाट सो निर्णय गरेको हो ।

विहिवार नै रातो मच्छिन्द्रनाथका पान्जुहरुको नेतृत्वमा रातो मच्छिन्द्रनाथका जोतिष खकलका प्रतिनिधि, बाराही गुथिका प्रतिनिधि लगायत सरोकारवाला गुथियार र विभिन्न ब्यक्तिहरु जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएको थियो । सो क्रममा सिडियोले समुदायको कुरामा आफूले पनि साथ दिने बताएपछि ललितपुर महानगरपालिकाको कर्यालयमा गुथियार र सरोकारवालाहरु पुगेका थिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ज्यापु समजका अध्यक्ष चन्द्र महर्जन, ज्यातिष खलकका दैवज्ञ जोतिष कीर्तिमदन जोशी, कपिल गुर्जु, बाराही गुथिका दिल कुमार बाराही लगायतका पाँच दर्जन भन्दा बढि सहभागी भएका थिए । सो क्रममा अव साउन १० गते नै रथारोहण गर्ने एक मतले निर्णय गरेको हो ।

भोली ९ गतेको दिनमा जात्रा के कसरी गर्ने ? व्यवस्थापनको सवाललाई लिएर सिडियो कार्यालयमा जानकारी र छलफलमा गर्न सम्वन्धित ब्यक्तिहरु जाने भएका छन् । यस अघि पनि बैशाख १२ गते र असार २४ गते पनि रथारोहणका लागि साइत दिइसकेको अवस्थामा लकडाउनका कारण स्थागित गरेको थियो भने अव आउदो शनिवार १० गते भने रथारोहण गर्ने निश्चित भएको छ ।

Source: Kirtionline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here