त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक चिनियाँको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

Medical staff walk in an alley of the fever critical ward at a newly inaugurated hospital by the Tamil Nadu state during a government-imposed nationwide lockdown as a preventive measure against the COVID-19 coronavirus, in Chennai on March 27, 2020. (Photo by Arun SANKAR / AFP)

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत एक चिनियाँको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

४८ वर्षीया ती चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालको कोभिड १९ व्यवस्थापन समिति सदस्य विपिन उपाध्यायले जानकारी दिए । उनका अनुसार ती महिलालाई गएराति ग्रान्डी अस्पतालले रिफर गरेको थियो ।

अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको उपाध्यायले जानकारी दिए । उनले भने, “मृत्यु भएकी चिनियाँ महिलामा मुटु, श्वासप्रश्वासको समस्या देखिएको थियो ।” उनको शव अहिले अस्पतालमै छ । शव व्यवस्थापनका विषयमा चिनियाँ दूतावाससँग छलफल भइरहेको उपाध्यायको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *