कोरोना भाइरस संक्रमण(कोभिड–१९) देखिएका एक बृद्धको धरानमा मृत्यु

महोत्तरी । कोरोना भाइरस संक्रमण(कोभिड–१९) देखिएका एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आईसुलेशन वार्डमा भर्ना भएका उनको मंगलवार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले बताउनु भएको छ ।

प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा.शर्माले जानकारी दिनुभयो । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।

मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भैरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभएको छ ।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो ।

प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भैरहेको प्रतिष्ठानका प्रबक्ता डा. निधेश सापकोटाले बताउनु भएको छ ।

उहाँले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनालो कोरोना जितेर डिस्चार्ज भईसकेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *