काठमाडौंमा पहिरोमा जाँदा एक जनाको मृत्यु

काठमाडौंमा पहिरोमा जाँदा एक जनाको मृत्यु भएको छ।

आइतबार साँझ साढे ६ बजे कागेश्वरी मनोहरा नगरपालिका(१ गागलफेदीमा पहिरो गएको थियो। पहिरोमा परी त्यहीका एक स्थानीयको मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

मृत्यु हुनेमा २२ वर्षीय नवराज गुरूङ छन्।

डिएसपी केसीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।

पहिरो गएको केही समयमै उनलाई निकालिएको थियो। वडा नम्बर(१ का अध्यक्ष मुकुन्द गजुरेलका अनुसार उनी साथीहरूसँग थिए। पिसाब फेर्न निस्किएकोबेला उनीमाथि पहिरो खसेको हो।

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *