साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने

४ साउन, काठमाडौं । यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो ।

सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ । लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *