बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ परेका छन् । हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी बुधबार दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कास्कीका अनुसार एक महिलाले उनीविरुद्ध उजुरी गरेकी छिन् । बुधबार निवासमा खाना खान बोलाएको र आफूलाई बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीको कन्ट्रोलमा खबर गरेकी थिइन् ।

सोही उजुरीका आधारमा एसएसपी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो । पीडित महिलाबाट लिखित उजुरी भने आइनसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *