सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण स्थगित

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण स्थगित गरेको छ।
मंगलबार कार्यालयले सूचना जारी गर्दै कार्यालय क्षेत्रमा कोभिड(१९ को उच्च जोखिम रहेको र संक्रमण बढ्दै गइरहेकोले वितरण कार्य स्थगित गरिएको जनाएको हो।
अर्को सूचना नआएसम्म लाइसेन्स वितरण कार्य सुचारू नहुने कार्यालयले स्पष्ट पारेको छ
