कलाकार संघ पुगेर आफु विरुद्ध परेको निवेदनको मौखिक जवाफ दिइन साम्राज्ञीले

काठमाडौं, २९ असार । वकिल सहित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाल कलाकार संघ पुगेकी छिन् । सामाजिकञ्जालमा भिडियो प्रदर्शन गर्दै आफ्नो मानहानि गरेको भन्दै कलाकार संघमा अभिनेता तथा निर्माता भुवन केसीले हालेको निवेदनमा मौखिक जवाफ दिएकी छन् ।

अभिनेत्री शाहले कलाकार संघ पुगेर आफु विरुद्ध परेको निवेदनको मौखिक जवाफ दिएकी छन् । उनले सुरुमा कुनै पनि कलाकारको नाम नतोकी भिडियो सार्वजनिक गर्दा नायक भुवन केसीले आफ्नो बारेमा फेसबुकमा लेखेको, त्यसैले आफू बोल्न बाध्य भएको भन्ने जवाफ दिएकी छिन् ।

नेपाल चलचित्र कलाकार संघका अनुसार साम्राज्ञीले भुवनको निवेदनको जवाफमा लिखित नभएर मौखिक जवाफ दिएको जनाएको छ। साथै अभिनेत्री शाहले आफूले कुनै पनि भिडियोमा भुवन केसीको नाम नलिएको र यो प्रसंगलाई अब आफूले अगाडि बढाउन नचाहेरै नयाँ भिडियो बनाउन बन्द गरेको बताएकी छिन् ।

अभिनेता तथा निर्माता भुवन केसीले केही समय अगाडि अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले आफुविरुद्ध एकपछि अर्को भिडियो बनाएर मनगढन्ते आरोपसहित सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको र जसले आफ्नो इज्जत प्रतिष्ठामा आँच आएको भन्दै अभिनेत्री शाह विरुद्ध निवेदन हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *