युवतीलाई कोठामा पुर्याइदिने भन्दै गाडीमा नै बलात्कार, २४ घण्टा भित्रै पक्राउ

बलात्कार गरी फरार भएका एक युवकलाई महानगरीय अपराध महाशाखाको टोलीले २४ घण्टा भित्रै पक्राउ गरेको छ।
इलाम घर भइ ललितपुरको नख्खुमा बस्दै आएका २७ वर्षका विजय गजमेरलाई महाशाखाको टोलीले पक्राउ गरेको हो।
उनले गएराती एक युवतीलाई कोठामा पुर्याइदिने भन्दै ललितपुरको एकान्तकुनामा लगेर गाडीमा नै बलात्कार गरेका थिए।
बलात्कारपछि फरार रहेका गजमेर लुकेर कोटेश्वरमा बसेको अवस्थामा पक्राउ गरिएको एसपी इश्वर कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरु दुवै जना एकै स्थानमा काम गर्दथे । रात परेपछि कोठामा पुर्याइदिने भन्दै ती युवकले गाडीमा हालेर एकान्तकुना लगेका थिए।
