सीतापाइला दम्पती हत्या : १४ वर्षपछि अभियुक्त पक्राउ

0
125

२०६३ साल पुस २० गते। काठमाडौंमा चिसो बेस्सरी बढेको थियो।

विलभ सुवेदी त्यसबेला १५ वर्षका मात्र थिए।

राति साढे ७ बजे। कसैले ढोका ढकढक पा¥यो।

कसैलाई आपत् प¥यो कि भनेर विलभकी आमा ४४ वर्षीया सानु सुवेदी बाहिर निस्केकी थिइन्।

ढोकाबाट राम्रोसँग निस्किन नपाउँदै दुई जनाले टाउकोमा खुकुरी प्रहार गरे।

सानु ढलेको चाल पाएपछि श्रीमान ३५ वर्षीय नातीकाजी पनि बाहिर निस्किए, उनीमाथि पनि खुकुरी प्रहार भयो। जथाभावी खुकुरी प्रहार भएपछि उनी पनि ढले।

कसो बुवा(आमालाई बचाउन सकिन्छ कि भनेर विलभ बाहिर निस्किए। उनीमाथि पनि खुकुरी प्रहार भयो।

उनको पेट वारपार खुकुरी घोपेर अपराधी भागे।

अपराधीले सोचे होलान्( विलभ पनि मारिए।

तर, घटनास्थलमा प्रहरी पुग्दा विलभ जिउँदै थिए। प्रहरीले उनलाई वीर अस्पताल लग्यो।

वीरको सघन उपचार कक्षमा १३ दिन राखेपछि विलभलाई केही सञ्चो भयो।

विलभका अनुसार त्यो अपराध गर्ने व्यक्ति उनका बाबु नातीकाजीले आफ्नो काठमिलमा राखेका कर्मचारी थिए ( सर्लाहीका जेके भनिने जयकिशोर साह र धनगढीका प्रताप राना।

नातीकाजीको सीतापाइलामा कान्तिपुर काठ मिल थियो। साह, राना र नातीकाजीबीच भनाभन चलिरहन्थ्यो। काम नगरेको भनी नातीकाजी दुवैलाई हप्काउने गर्थे।

‘त्यही हप्कीदप्कीको इबीका कारण अभियुक्तहरू हत्या गर्ने मनस्थितिमा पुगेको देखिन्छ,’ केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे भन्छन्।

कर्मचारीको हुलिया (तस्बिर) थिएन। विलभ नै यो घटनाका प्रत्यक्षदर्शी थिए। बुवाको मिलमा काम गर्ने मान्छे चिन्थे। त्यसबाहेक अपराधीसम्म पुग्ने आधार केही पनि भेटिएको थिएन।

तर, यतिका वर्ष अनुसन्धान ब्युरोले दुवै जनालाई कानुनी दायरामा ल्याउन सकेको थिएन।

आइतबार ती दुइमध्ये एक किशोर साहलाई ब्युरोले बाँकेबाट समात्यो। भारतीय प्रहरीको समन्वयमा प्रहरीले साहलाई समातेको थियो। भारतीय प्रहरीले साहलाई बाँकेसम्म ल्याइदिएको थियो।

सोमबार तिनै साहलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विलभ पनि थिए।

‘लामो समयको प्रयासपछि अपराधी पक्राउ पर्दा न्याय भएको अनुभूति भयो,’ विलभले आँसु टिल्पिलाउँदै भने, ‘ब्यूरोलाई म धन्यवाद दिन चाहन्छु।’

प्रहरीले साहलाई पक्राउ गर्दा विलभको भरपुर सहयोग लिएको थियो। विलभबाहेक अरूले नचिन्ने भएकाले र घटना पुरानो भएकाले मान्छे चिन्न निकै मुस्किल थियो।

‘उनै विलभलाई फोटो देखाएपछि अपराधी यकिन भयो,’ पाण्डेले भने।

मृतक दम्पत्तीका छोरा विलभहत्या गरिएका दम्पतीका छोरा विलभ।
ब्युरोका अनुसार साह भारत लखनउमा बस्थे। उनले भारतमा बसेर लामो समयदेखि आधारकार्ड नै लिएको देखिएको छ। साहले जय शर्माको नाममा भारतीय आधारकार्ड, बैंक एटिएमलगायत बनाएको देखिएको छ।

‘विलभ सुवेदीसँगको निरन्तर सम्पर्क, सूचनाको सहयोग समेतका आधारमा अन्तर्राष्ट्रियस्तरमा समन्वय गरी सुराकी परिचालन, हुलिया सनाखत गरेर अन्नतस् अभियुक्त पक्राउ गर्न सक्यौं,’ ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुल थापाले भने।

साह पक्राउ परेपछि अर्का अभियुक्त खोज्न सजिलो भएको थापाले बताए। साहलाई काठमाडौं जिल्ला अदालतमा थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।

यो घटनापछि विलभ लामो समय विक्षिप्त भए। उनीहरूको पुर्ख्यौली घर मोरङ डाँगीहाट हो। बाबु(आमाको हत्यापछि सीतापाइलामा केही वर्ष मोरङबाट हजुरबुवा(हजुरआमा आए। पहिलेको घर बेचेर सीतापाइलाकै अर्को ठाउँमा नयाँ घर किने।

‘तर, हजुरबुवा(हजुरआमा तीन वर्ष पछिदेखि बस्न मान्नुभएन,’ विलभले भने, ‘सानो भाइ लिएर म आफ्नै तरिकाले बसिरहेँ, सँगसँगै अपराधी खोज्न प्रहरीलाई सहयोग गरिरहेँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here