समिर जोशीको हास्य टेलिश्रृंखला खै कुरा बुझेकोको टिजर सार्वजनिक

0
162

सञ्चारकर्मी समिर जोशीको लेखन तथा निर्देशन रहेको पारिवारिक हास्य टेलिश्रृंखला खै कुरा बुझेकोको टिजर सार्वजनिक भएको छ ।

निकै रमाइलो संवाद समेटिएको साढे दुई मिनेटको टिजर शनिबार सार्वजनिक गरिएको हो ।

टेलिश्रृंखलामा शितल केसी, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता ख्याती, दिपेश बन्जारा, सागर गिरी, नमिता खड्का, सागर बस्नेत र समिर जोशीको अभियन रहेको छ ।

टेलिश्रृंखलाको शीर्ष गीतमा ज्योति खतिवडा र प्रमोद पाण्डेको स्वर छ । संगीत पनि प्रमोदकै छ ।


स्वस्तिक सिने आर्टस् र विनभ क्रिएसनको संयुक्त प्रस्तुतिमा निर्मित टेलिश्रृंखलाको निर्माता सागर बस्नेत हुन् ।

प्रत्येक शृंखलामा नयाँ कथावस्तु रहने निर्देशक जोशीले जानकारी दिए ।

उक्त टेलिश्रृंखला टिभी वन एचडी तथा अन्य टेलिभिजनमा प्रशारण हुने टेलिसिनेमाको बजार व्यवस्थापन पायोनियर मिडियाल जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here