नेपालमा सुनको भाउले नयाँ कीर्तिमान बनायो

नेपालमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेपछि सुनको भाउले नयाँ कीर्तिमान बनाएको हो ।

यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो ।

बुधबार छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ ।

बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *