कोरोना महामारीको प्रभावकारी उपचारको माग गर्दै काठमाडौंको वसन्तपुरमा प्रदर्शन

२२ असार, काठमाडौं । कोरोना महामारीको प्रभावकारी उपचारको माग गर्दै अनसन बसेकाहरूको समर्थनमा सोमबार काठमाडौंको वसन्तपुरमा प्रदर्शन भएको छ ।

कोरोना संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिनको गुणस्तर बढाउनुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग राख्दै इनफ इज इनफ अभियानका अभियानकर्ता ईस् र पुकार बम आमरण अनसनमा छन् ।

उनीहरूको समर्थनमा अभियानकर्ताले सोमबार साँझ वसन्तपुरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले अनसनमा बस्नेहरूको माग पूरा गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *