साम्राज्ञीमाथि मुद्दा हाल्ने भुवन केसीको धम्की

विगत केही दिनदेखि अभिनेता तथा निर्देशक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच युद्ध नै चलिरहेको छ । सामाजिक सञ्जालमा उनीहरु एक–अर्कालाई आरोप(प्रत्यारोप गरिरहेका छन् ।

सामाजिक संजाल इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै साम्राज्ञीले आफूलाई केही निर्माताहरुले शोषण गरेको बोलेकी थिइन् ।

जसमा उत्तर फर्काउँदै भुवनले आफूले नै ब्रेक दिएका कारण साम्राज्ञी अहिले चलचित्र क्षेत्रमा टिकेको स्टाटस लेखे ।

सो स्टाटस आएपछि साम्राज्ञी पुनः आक्रोषित हुँदै अर्को भिडियो पोष्ट गरिन् । उनले भुवन केसीले जापानमा आयोजित एक अवार्डमा आफूलाई दुर्व्यवहार गरेको बोलिन् ।

अहिले पुनः भुवन केसीले साम्राज्ञीलाई उत्तर फर्काएका छन् । निकै लामो स्टाटस लेख्दै उनले साम्राज्ञीलाई आइन्दा यस्तो हर्कत नगर्न सुझाएका छन् ।

उनले लेखका छन्, ‘डियर सम्राज्ञी तपाईलाई पहिलो पटक नायिकाको रुपमा ‘सुपर काजल फिल्मस्’को चलचित्र ‘ड्रिम्स’ बाट पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति तपाई धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु ।

‘ड्रिम्स’ को सुटिङको क्रममा पानी खान पाइन, छाता ओड्न पाइन, सुबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन वर्ष पछाडि, र आज भोलीमात्र म लगायत अरु निर्माताहरु लाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ ।’

भुवनले आफ्नो बारेमा झुटा आरोप सहित सामाजिक संजाल इन्स्टाग्राममा पोष्ट गरेको भिडियोप्रति ध्यानाकर्षण भएको भन्दै अब करिब चलिस वर्षदेखि नेपाली चलचित्रमा काम गरी बनाएको परचियमा र प्रतिष्ठामा आँच पु¥याए कानुनी उपचार खोज्ने समेत उल्लेख गरेका छन् ।

उनले थपेका छन्, ‘अइन्दा यस्ता कामहरु भए क्षतिपुर्ति गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनुको निमित्त आवस्यक कानुनी प्रकृयाको थालनी गर्ने ब्यहोरा तपाईंलाई बढो दुःखका साथ जानकारी गराउछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *