म्यानमारमा जमिन भासिदा कम्तीमा पनि ११३ जनाको मृत्यु

म्यानमारमा एक खानी नजिकैको जमिन भासिदा कम्तीमा पनि ११३ जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् ।

अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिनको पेकान इलाकामा रहेको जेड खानीमा सो घटना भएको हो । सो क्रममा मृत्यु भएका ११३ जनाको शव बरामद गरिएको र बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उद्दार टिमका अनुसार भारी वर्षाका कारण खानी नजिकै रहेको पहाड झर्दा त्यसको मुनि ढुंगा जम्मा गरिरहेका मानिस पुरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *