मेक्सिकोमा बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु

मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *