३ दिनदेखि इनारमा खसेर ज्यान गुमाएकाको शव सशस्त्र प्रहरी बलले निकाल्यो

दाङमा ३ दिनदेखि इनारमा खसेर ज्यान गुमाएका सुरज शाहको शव सशस्त्र प्रहरी बलको प्रदेशस्तरीय गोताखोर टोलीले निकालेको छ ।

शान्तिनगर गाउँपालिका(६ मा स्थित अछाम रामारोसन(३ रहेर घर भई हाल कैलाली टीकापुर नगरपालिका(१२ बस्ने ३६ वर्षीय सुरुज साथीको घरमा आएको बेला सोमबार राति इनारमा खसेका थिए । उनी साथी विश्व आचार्यको घर दाङमा आएको बेला सोमबार राति १० बजेर २३ मिनेटमा इनारमा खसेको स्थानीयले बताएका छन् ।

सुरज इनारमा खसेको थाहा पाएपछि प्रहरीलाई खबर गरेकोमा प्रहरीले सशस्त्र प्रहरीको प्रदेश स्तरीय गोताखोर टिमलाई इनारमा फसेका शाहलाई निकाल्न खबर गरिएको थियो । उक्त टोलीले ५० फिट गहिरो इनारमा फसेको शाहको शव बिहीबार निकालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *