त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट शिशुको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक शिशुको मृत्यु भएको छ । कोरोना संक्रमण भएका झण्डै डेढ महिनाका शिशुको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।

तीन दिनअघि कोरोना पुष्टि भएका उपचाररत बालकको बुधबार बेलुकी मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । बालकको सोमबार त्रिवि शिक्षण अस्पतालमै शल्यक्रिया भएको थियो ।

घाँटीमा समस्या देखिएपछि उनको आकस्मिक शल्यक्रिया गरिएको थियो । म्याग्दी घर भएका ती शिशु अभिभावकको भने कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *