सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गर्यो

काठमाडौं : नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनप्रति तोला पाँच सय रुपैया बढेर ९१ हजार ७ सयमा कारोवार भएको हो । तेजावी सुन भने ९१ हजार २ सय ६५ मा कारोवार भएको छ ।

नेपाल सुनचादी ब्यवसायी संघका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार र सोमबार सुन प्रति तोला ९१ हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *